अन्वेषक भन्छन्-नेपालमै पेट्रोलियम खानी छ, तर आफैं डटेर नखोजेसम्म भेटिन्न

२७ असोज, काठमाडौं । नाकाबन्दीका कारण ग्यास अभाव भएर चुलो बल्न छाडेपछि काठमाडौं, ताहाचलका अमृत भुजेलले २७ वर्षअघि आफूले काम गरेको परियोजना सम्भि्कए। मोरङको बाहुनी धारानगरमा तेल अन्वेषण कम्पनीको परियोजनामा उनले २०४५ सालमा काम गरेका थिए। ‘त्यो परियोजना अधुरै रह्यो, नेपालले चाहेको भए यतिका वर्षमा त देशमै निकाल्न सकिन्थ्यो,’ भुजेलले बताएको नागरिकमा खबर छ ।
उनी अहिले पनि झापास्थित घर जाँदा बाहुनी धारानगर पुग्ने गर्छन्। ‘भारतलाई आफ्नो देशमा रहेको तेल खानी सुक्छ भन्ने डर थियो। कम्पनीका इन्जिनियरलाई नै भारतले लगेर तेल पत्ता लगाएको भन्ने हामीले त्यतिबेला सुनेका थियौं,’ उनले सुनाए।
खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट दिनेशकुमार नापित भने त्यतिबेला ३ हजार ४ सय २० मिटर खन्दा पनि तेल नदेखिएपछि उक्त अन्वेषण परियोजनाको ठेकेदार नेदरल्यान्ड कम्पनी फर्किएको बताउँछन्।
भारतले २०४५ सालमा नाकाबन्दी लगाएको थियो। २७ वर्षपछि पनि भारतले फेरि अघोषित नाकाबन्दी गरेको छ। तर, यतिका वर्ष बिते पनि नेपालले अन्वेषणमा पहल नगर्दा तेलमा परनिर्भरता घटेको छैन।
अन्वेषण परियोजनाका जियोलोजिस्ट नापित नेपाल आफैंले सक्रिय नेतृत्व नलिएसम्म तेल पत्ता नलाग्ने र निकाल्न पनि नसकिने बताउँछन्। ‘हालसम्मको अन्वेषण अनुभवका आधारमा मेरो अन्तरआत्माले भन्छ, नेपालमा तेल छ तर हामी आफैंले अन्वेषण गर्न र उत्खननका लागि नेतृत्व नलिए सफल हुन सकिँदैन।’
नापितका अनुसार २०४५ सालदेखि हालसम्म नेपालमा विभिन्न देशका पाँच उत्खनन कम्पनीले पेट्रोलियम पदार्थको अन्वेषण गर्ने ठेक्का लिइसकेका छन्। तर, कुनै पनि कम्पनीले अन्वेषणलाई टुंगोमा पुर्यायएनन्। नेपालमा सबैभन्दा पहिला नेदरल्यान्डको सेल भन्ने कम्पनीले पेट्रोलियम अन्वेषणको अनुमति पाएको थियो। उक्त कम्पनी अन्वेषणमै रहँदा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो।
उक्त कम्पनीले मोरङ, बाहुनी राधानगरमा पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङ (जमिन छेड्ने) गरेको थियो। तर, तेल फेला पर्न सकेन। ‘कुनै पनि कम्पनी कुनै देशमा अन्वेषण सुरु गरेपछि एउटा ठाउँमा तेल पाइएन भन्दैमा छाडेर हिँडिहाल्दैन,’ नापित भन्छन्, ‘तर, नेपालको अस्थिर राजनीतिलाई कारण बनाउँदै त्यो कम्पनीले नेपाल छाड्यो।’
विभागले नेपालका सम्भावित क्षेत्रलाई पेट्रोलियम ब्लकको नामकरण गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईमा १० वटा ब्लक निर्माण गरी अन्वेषणको जिम्मा दिएको थियो। १, २, ४, ६ र ७ नम्बर ब्लकमा अन्वेषण गर्न स्कर्टिस कम्पनी केयर्न इनर्जीलाई अनुमति दिइएको थियो। त्यस्तै, ३ र ५ मा अमेरिकाको टेक्साना रिसोर्सेस, ८ र ९ मा युएईको इएबिजीलाई र १० नम्बर ब्लकमा बिबिबी कम्पनीलाई अन्वेषण अनुमति दिइएको थियो।
‘कतिपय कम्पनीले अनुमति पाएको केही समयमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएकाले अन्वेषणको काम अगाडि बढाएनन्,’ नापितले भने, ‘ठेकेदार कम्पनीका भनाइमा केही सत्यता भए पनि धेरैजसोले विभिन्न बहाना बनाएर नियतवश नै काम छाडेको देखिएको छ।’ बंगलादेश र भारतमा सफलतापूर्वक तेल उत्खनन गरेको केयर्न कम्पनीले पनि नेपालमा इमानदारीपूर्वक अन्वेषणको काम नगरेकाले यो विषयलाई पुष्टि गर्ने उनको भनाइ छ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

As tensions play out at home, powerful Pakistani general heads to US for talks