गल्ती स्वीकार्दै सागर थापाले भने,‘अहिले पश्चाताप लागिरहेको छ’
खेलाडीहरू पक्राउ परेपछि गएराति नै अनुसन्धान गर्दा कप्तान सागर थापाले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरुलाई पश्चाताप भइरहेको बताएको खनालले बताए।
अनुसन्धानका क्रममा खनालले नेपाली फुटबलको लामो समयदेखि प्रगति हुन नसकेको र लाखौं खेलप्रेमीको आशा व्यक्तिगत स्वार्थका लागि निराशामा किन परिणत गरेको भन्दै प्रश्न गरेका थिए।
अनुसन्धान गर्दा सबै खेलाडीहरुले शिर निहुर्याएको र सागर थापाले अहिले आफूहरुलाई पश्चाताप भइरहेको बताएको खनालले बताए। ‘अधिंकाश म्याचमा कप्तान सागर थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ,’ खनालले भने, ‘विदेशमा उनीहरू बसेको होटलमा डिल भएको पाइएको छ।’
खनालले राष्ट्रियता दाउपेज गरेर मुलुकलाई हरूवा बनाउनेहरु विरुद्ध राजद्रोह र संगठित अपराधको मुद्दा चलाइने बताए।
Comments
Post a Comment