विदेशी भूमिमा नेपाली सेवा

मीठो बोलेर होस् वा आफूसक्दो केही दिएर सबैलाई सुखानुभूति दिलाउन तथा सहयोग गर्न सक्नुपर्छ भन्ने भावना बोकेकी रश्मि ओझा अमेरिकास्थित डगलस काउन्टी अस्पतालमा कार्यरत साइक्याटिक डाक्टर हुन् । रश्मिले कन्या माध्यमिक विद्यालयबाट एसएलसी एवं फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीबाट एमबीबीएसको अध्ययन पूरा गरेकी छिन् । उनी सानैदेखि कविता लेख्न, नाटक खेल्न, वक्तृत्वकला तथा निबन्ध प्रतियोगितामा अब्बल थिइन् । विवाहलगत्तै सन् २००४ मा अमेरिका पुगेकी ओझाले त्यहीँको युनिभर्सिटी अफ नेब्रास्काबाट चार वर्षे साइक्याटिक कोर्स पूरा गरिन् । अध्ययनपछि डगलस काउन्टी सरकारी अस्पतालमा काम गर्न पुगेकी रश्मि कामप्रतिको इमान्दारिता तथा जुनसुकै कामको सम्मान गर्ने त्यहाँको सिस्टम निक्कै मनपर्ने बताउँछिन् । ओझा भन्छिन्-'हामीकहाँ मानसिक समस्या भएकाहरूलाई पागल भनेर दुव्र्यवहार गरिन्छ तर अमेरिकामा बिरामीलाई सम्मान गर्नु डाक्टरको कर्तव्य मानिन्छ ।' डा. नवीन सापकोटासँग वैवाहिक जीवनमा बाँधिएकी रश्मिका दुई छोरा छन् । टिमवर्कमा विश्वास गर्ने रश्मि भविष्यमा आफ्नो विशेषज्ञ सेवा नेपालमै समर्पित गर्ने कुरा बताउँछिन् । साहित्य र सौन्दर्यको मिश्रण सीता भद्र, ज्ञानी एवं शान्त स्वभावकी सीता अर्याल जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाई आत्मविश्वासका साथ अघि बढ्न कटिबद्ध छिन् । डाक्टर बन्ने सपना बुनेकी उनको विवाह सानै उमेरमा भयो जसले गर्दा उनले पढाइलाई निरन्तरता दिन सकिनन् । उनी विवाहपछि सौन्दर्य तालिम लिएर मोनलिसा नामक पार्लर संचालनमा ल्याइन् । उनी फेसियल विशेषज्ञ एवं विदेशी भूमिमा नेपाली सेवाप्रशिक्षक पनि हुन् । सीता असहाय तथा गरिव दिदीबहिनीहरूलाई निशुल्क तालिम प्रदान गर्छिन् । विभिन्न संस्थाहरूमा आवद्ध उनी २०७० मा नवनारी सम्मानबाट सम्मानित भइन् । सौन्दर्य तथा साहित्य दुवै विधामा समानान्तर रूपमा अघि बढाइरहेकी छिन् । वि.सं. २०५७ मा नफकि्रएका फुलहरू नामक कथासंग्रह प्रकाशित गरेकी उनी कविता पनि कोर्छिन् । दुई सन्तानकी आमा उनी स्वव्यवसायका अतिरिक्त स्नातकोत्तर अध्ययनरत छिन् । सीता नेपाल क्योकोसिन कराँते संघकी कोषाध्यक्ष समेत हुन् । शिक्षामा रूपा इलाहाबादमा जन्मिएकी रूपा कार्कीको स्नातकसम्मको अध्ययन भारतमै भयो । नेपालीसँगको विवाहपछि नेपाल आएकी उनी विवाहलगत्तै श्रीमान्सँग अमेरिका लागिन् । त्यहाँ उनले बालमैत्रीसम्बन्धी विविध तालिम लिइन् भने केही समय पि्र-स्कुलमा अध्यापन गरिन् । नेपालमै केही गर्ने सोच बनाएर रूपा नेपाल फर्किन् र भ्याली भ्यु स्कुलमा मन्टेश्वरी को-ओडिनेटरका रूपमा काम गरिन् । अहिले उनी लाजिम्पाटस्थित आफ्नै स्कुल चन्द्रतारामा पि्रन्सिपल छिन् । समय-समयमा उनी विभिन्न तालिम पनि दिन्छिन् । निकै आकर्षक व्यक्तित्वकी धनी रूपा ४० वर्षे उमेरमा पनि तन्नेरी जोसका साथ काममा व्यस्त छिन् । बाल शिक्षामै जीवन अर्पण गर्ने सोच पालेकी रूपा पाक कलामा पनि उत्तिकै निपुण छिन् ।

http://nari.ekantipur.com/news/2015-02-17/2193.html

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

NASA Rover Finds Evidence That Mars Once Had Lakes