एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा

7 
  0
Mobile
यो पो हो द्रुत सेवा भनेको । चिनिया मोबाइल निर्माता कम्पनी वनप्लसले गज्जबको द्रुत सेवा सुरु गरेको छ । जस अनुसार अर्डर गरेको एक घण्टाभित्रमा उपभोक्ताको हातमा मोबाइल पूराउन नसकेमा उक्त मोबाइल सित्तैमा दिइनेछ ।
वनप्लसले भारतको बैंगलोरमा यस्तो सेवा संचालन गरेको हो । कम्पनीको स्मार्टफोन वनप्लस वनको डेलीभरीका लागि बैंगलोरमा ६० मिनेटको समय तोकिएको थियो ।
ग्राहकले अर्डर गरिसकेपछि अब कम्पनीका कर्मचारीले केवल एक घण्टाभित्रैमा क्रेताको हातमा पूराइदिने तर यदि डेलिभरीमा त्यो भन्दा बढि समय लाग्यो भने कम्पनीले उक्त उपभोक्तालाई वन प्लस वन स्मार्टफोन सित्तैमा दिने बताइएको थियो ।
तर विडम्बना यो अफर सधैका लागि भने होइन । केवल तीन दिनका लागि संचालन गरेको यो अफर शनिबार सकिइसकेको छ । गत बिहिबारबाट सुरु भएको उक्त अभियानका क्रममा कति जना उपभोक्ताले सित्तैमा स्मार्टफोन पाए भन्ने चाहीँ खुलाइएको छैन ।
ब्लु हर्न मोबाइल एप मार्फत अनलाइन अर्डर गर्नेहरुका लागि मात्र यो अफर उपलब्ध गराइएको थियो । भविष्यमा यस्तो सेवा भारतको बैंगलोरमा मात्र नभै अन्य देश तथा ठाउँहरुमा पनि संचालन गरिने कम्पनीले जनाएको छ

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.