मेहन्दी

भाद्र २९, २०७२ विशेषता : मेहन्दीे आर्टका लागि लोकप्रिय  विगत आठ वर्षदेखि सञ्चालनमा आएको मुम्बई मेहन्दी सेन्टर अहिले नेपालमै मेहन्दी तथा नेल आर्टका लागि लोकप्रिय मानिन्छ । फुटपाथबाट सुरु भएको कामलाई आर्टिस्ट कुलदीप कुमारले आज आफूलाई नेपालकै उत्कृष्ट व्यवसायीका रूपमा स्थापित गरिसकेका छन् । मेहनत र निरन्तरताले मानिसलाई सफल बनाउँछ भन्ने राम्रो उदाहरण पनि हुन्–आर्टिस्ट कुलदीप कुमार । <a href="http://yllix.com/advertisers/459186" target="_blank"><img src="http://yllix.com/banners/aff/adv/300x250.jpg" border="0" /></a>उनले फुटपाथमा काम गर्दा मानिसहरू उनको कलामा आकर्षित भए । उनी काठमाडौंका विभिन्न गल्लीमा मेहन्दी लगाउँदै हिँड्थे । जहाँ मेहन्दी लगाउन बस्थे त्यहाँ मेला नै लाग्थ्यो । आज उनी आकर्षक तथा शान्त वातावरणमा बसेर धेरैको हातको शोभा बढाउने काम गरिरहेका छन् । मेहन्दीलाई धार्मिक कार्यसँग जोडिनुका साथै गहनाका रूपमा पनि लिइन्छ । वर्षभरि नै उनको सेन्टरमा मेहन्दी लगाउने तथा सिक्ने मानिसको भीड लागिरहन्छ । साउन महिनामा मेहन्दी लगाउन आउनेको भीड हुन्छ । त्यसैले साउन महिनामा उनलाई फुर्सदै हुँदैन । उनी उपत्यकाबाहिरका मुख्य सहरमा पनि तालिमका लागि गैरहन्छन् । सामान्यत: नेपालमा ब्राइडल, गोल्डेन, अरेबिक, रिसव, मेटालिक आदि मेहन्दीका डिजाइन प्रचलित छन् । यहाँ अमेरिका तथा युरोप जानेहरूका लागि १५ दिने स्पेशल ब्रायडल मेहन्दी कोर्सका साथमा फ्रि नेल आर्ट कोर्स गरिने व्यवस्था पनि छ ।

http://nari.ekantipur.com/news/2015-09-15/20150915154027.html

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

NASA Rover Finds Evidence That Mars Once Had Lakes