नेपाली झण्डाले कसरी रंग्याउने फेसबुक प्रोफाइल पिक्चर ?

आश्विन १५, २०७२- भारतले अघोषित नाकाबन्दी गरेपछि यसको विरोधमा सामाजिक सञ्जालमा चहलपहल बढिरहेको छ । केहीदिन अघि ट्विटरमा #backOffIndia वर्ल्डवाइड ट्रेन्ड नै बन्यो | अहिले सोसियल नेटवर्ककिङ जाइन्ट फेसबुकमा प्रोफाइल फोटोलाई नेपाली झन्डाले रङ्ग्याउने ट्रेन्ड सुरु भएको छ |
गत जुनमा अमेरिकाभर समलिंगी बिबाहलाई सर्वोच्च अदालतले मान्यता दिएको खुसियालीमा फेसबुकले प्रोफाइल फोटोलाई इन्द्रेणी रंगमा रङ्ग्याउने सुविधा दिएको थियो | त्यसबेला समलिंगी बिबाहलाई समर्थन गर्दै विश्वभरका लाखौं फेसबुक प्रयोगकर्ताले प्रोफाइल पिक्चर रंगीन बनाए |
त्यसयता मास सपोर्ट देखाउन सुरु भएका विभिन्न ट्रेन्ड डिजिटल इन्डिया हुँदै नेपाली राष्ट्रिय झन्डासम्म आइपुगेको छ | फेसबुकमा एप बनाएर आफ्नो प्रोफाइल बनाउन मिल्ने बनाउने एक नेपाली हुन्- सुवास पाठक । उनले नेपालको अहिलेको परिस्थिति बुझेर यस्तो कन्सेप्ट बनाएको बताउँछन् ।
उनले भने, 'विश्वमा कुनै कुराको सपोर्ट गर्न पर्योत भने फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर बदल्ने ट्रेन्ड चलेको छ । त्यही भएर अहिले राष्ट्रियताको लागि यो कन्सेप्ट ल्याएको हुँ ।'
उनले भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालको समर्थनको लागि यो कन्सेप्ट ल्याएको बताए ।
कम्प्युटर सफ्टवेयर डेभलपर पाठकले गत मंगलबार रातिदेखि यो एप फेसबुकमा राखेका थिए । उनी भन्छन्, 'म र मेरा साथीभाइहरुले मात्रै प्रयोग गर्छन् होला भन्ने सोचेको थिएँ । अहिले भाइरल नै भएको छ ।'
कसरी बनाउने त आफ्नो प्रोफाइल पिक्चर नेपाली झन्डामय ?
नेपाली झन्डा अंकित प्रोफाइल पिक्चर ग्राफिक्स सफ्टवेयर प्रयोग नगरी 'क्लिक एण्ड गो' बाटै बनाउन सकिन्छ | त्यसको लागि निम्न लिंकमा क्लिक गर्नुहोस:
सुवास डट मि मा क्लिक गरिसकेपछि तपाइलाई नयाँ फोटो अपलोड गर्ने वा फेसबुककै फोटोलाई रंग्याउने अप्सन छन् | त्यस्तै एओनेएप्ज डट कममा पनि यो सुबिधा उपलब्ध छ |

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

As tensions play out at home, powerful Pakistani general heads to US for talks