दसैंको नवरात्र सुरु, आज घटस्थापना बिहान सवा ११ बजेदेखि जमरा राख्ने साइत


Dashain
२६ असोज, काठमाडौं । विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।
घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।
आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
जमरा राख्ने साइत सवा ११ देखि १२ बजेर ३ मीनेटसम्म
आज घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृति योग एकै सयम परेको छ । चित्रा नक्षत्र र वैधृति योग एकै समयमा पर्दा कलश स्थापना गरी घटस्थापना गर्न नहुने ज्योतिषशास्त्रको रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ ।
चित्रा नक्षत्र सूर्य उदय देखि ५५ घडि ४५ पला (२७ गते विहान ४ बजे १९ मीनेट ) सम्म रहने र वैधृति योग ४५ घडि १७ पला (२७ गते विहान १ बजे ८ मीनेट) सम्म रहन्छ ।
तर, २६ गते नै ११ बजे १५ मिनेट १२ सेकेन्ड देखि १२ बजे ३ मीनेट १० सेकेन्डसम्म अभिजित मुहुर्त हुने हुँदा सो समयमा शुभ कार्य गर्दा माथिको दोष नलाग्ने रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ ।
त्यसैले यस दिन विहानको ११ बजे १५ मिनेट देखि १२ बजे ३ मिनेट सम्म घटस्थापना गर्दा शुभ रहने ज्योतिष पण्डित धनानन्द शर्मा घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

NASA Rover Finds Evidence That Mars Once Had Lakes