यी रेस्लरसँग भिड्ने भए टाइगर !

टाइगर श्राफ आउँदो फिल्म ‘फ्लाइङ जट्ट’ मा ‘सुपरहिरो’ को भूमिका निभाउँदैछन् । ‘सुपरभिलेन’ भने पाइएको थिएन । खबरअनुसार हालसालै सुपरभिलेन पनि भेटिएको छ । रेमो डेसुजा निर्देशित उक्त फिल्ममा अष्ट्रेलियन अभिनेता नाथन जोन्सले सुपर भिलेनको भूमिका निभाउने भएका छन् ।
७ फिट अग्ला भिमकाय शरिरका धनी नाथन ‘वल्र्ड रेस्लिङ इण्टरटेन्मेण्ट (डब्लुडब्लुइ)’ मा रेस्लिङ खेलिसकेका रेस्लर हुन् । ट्रोय, कानन द बारबेरियन, फियरलेस, म्याड म्याक्स: फ्युरी रोड लगायत फिल्ममा अभिनय गरिसकेका छन् । उनी 'फ्लाइङ जट्ट'मा अजंगको शरिर भएको हत्याराको रुपमा उत्रिनेछन् । बताइएअनुसार फिल्ममा उनको र टाइगर श्राफबीचको भिडन्त डर लाग्दो हुनेछ । फिल्ममा नाथनभन्दा टाइगर कमजोर पनि देखिन सक्नेछन् ।
नाथनसँग लड्नका लागि टाइगरले विशेष खाले तालिम पनि लिनुपर्ने बताइएको छ । टाइगरले आफ्नो बडी बनाउन विशेष मेहनत पनि गर्नुपर्नेछ ।

Comments
Post a Comment