नक्कली फेसबुक आइडीले ओली हैरान

 २०७२- भावी प्रधानमन्त्रीको दौडमा रहेका एमाले अध्यक्ष केपी ओली 'नक्कली फेसबुक  आइडी'का कारण हैरान भएका छन् । ओलीका नाममा विभिन्न आइडी बनाएर उनले बोल्ने जस्तै भाषा र उनका गतिविधिहरु पोष्ट हुने गरेका छन् । ओलीको सचिवालयका अनुसार अहिले सम्म  ओलीको आधिकारिक फेसबुक आइडी छैन । 'उहाँले फेसबुक चलाउनु हुन्न, फेसबुकमा जती पनि उहाँको नामको आइडीबाट पोस्ट हुने गरेको छ त्यो सबै नक्कली हो' ओलीको स्वकिय सचिव इन्द्र भण्डारीले भने,'यस्ता पोस्टलाई आधिकारिक नमान्न आग्रह छ ।'  ओलीको नामका  नक्कली आइडी धेरै भएपछि सचिवालयले प्रहरी मार्फत् सबै बन्द गरेको थियो । तर अहिले फेरी आइडीहरु फेरी खुलेका छन् । यस्ता आइडी पनि बन्द गराइदिन ओलीको सचिवालयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

As tensions play out at home, powerful Pakistani general heads to US for talks