नेपालमा बढ्यो भारतविरोधी भावना

आश्विन २०, २०७२- भारत सरकारको जासुसी निकाय इन्टिलिजेन्स ब्युरो (आईबी)ले नेपालको पछिल्ला राजनीतिक घटनाक्रम र भारतको सिमावर्ती क्षेत्रमा मधेसी मोर्चाको धर्नाजुलुसका कारण नेपालमा भारतविरोधी भावना फैलिएर गएको रिपोर्ट सम्बद्ध नियायहरुलाई दिएको छ ।

आइबीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र राष्ट्रि सुरक्षा सल्लाहकारलाई मंगलबार पठाएको रिपोर्टमा नेपालको मधेसकेन्द्रित आन्दोलनमा ‘भारतको हात रहेको’ भन्ने आँकलन बढ्दै गएको बारे पनि उल्लेख गरिएको छ । बुधबार मेल टुडे पत्रिकामा प्रकाशित समाचारमा नेपालको मधेसी/थारु समुदायको सिमावर्ती आन्दोलनका कारण असुरक्षा स्थितिमा लागेको नाकाबन्दीलाई नेपालीहरुको एउटा वर्गले ‘भारतले स्वेच्छामा लगाएको नाकाबन्दी’ भन्ने बुझाइ रहेको आइबी रिपोर्टमा लेखिएको छ ।

जारी आन्दोलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको विषयलाई पनि आइबीको उक्त रिपोर्टमा गम्भिर विषयको रुपमा संकेत गरिएको छ । भारत सिमावर्ती नेपाली भूभागमा जारी आन्दोलनका कारण सिमावर्ती विन्दुहरु थप संवेदनशील बनेका बारे ध्यानाकर्षण गराउँदै रिपोर्टमा यो मामलाले नेपाल–भारत सम्बन्ध थप बिग्रिएर जान सक्ने बारे सजग हुनुपर्ने उल्लेख छ ।

आइबी रिपोर्ट अनुसार अहिले नेपाल ढुवानीका लागि तयार रहेका २ हजार लोडेड ट्रक रक्सौल (वीरगन्ज) नाकामा अड्किएर बसेका छन् । यस्तै, १ हजार ट्रक सुनौली (भैरहवा) र ८ सय ट्रक जोगवनी (विराटनगर) नाकामा ढुवानी ‘क्लियरेन्स’ पर्खिएर बसेका छन् ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

As tensions play out at home, powerful Pakistani general heads to US for talks