चीनबाट ग्यास ल्याउने उद्योगीको तयारी, सरकारले अनुमति दिए पाँच दिनमै आउने - See more at: http://www.onlinekhabar.com/2015/10/336336/#sthash.WhA78WYo.dpuf

LP-Gas-at-Raksaul२१ असोज, काठमाडौं । ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्इ तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्इास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको नयाँ पत्रिकामा खबर छ ।
चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ ।
घिमिरेले भने-‘चीनबाट ल्याएको ग्यास बजारमूल्यभन्दा प्रतिसिलिन्डर साढे पाँच सय बढी लाग्ने व्यवसायीको भनाई छ । यो सरकार सरकारले सहुलियत दिन सक्छ अथवा उपभोत्ताबाट उठाउने अनुमति दिनसक्छ । त्यसो भए एक साताभित्र ४०-४५ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याउँछौं ।’
- See more at: http://www.onlinekhabar.com/2015/10/336336/#sthash.WhA78WYo.dpuf

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

NASA Rover Finds Evidence That Mars Once Had Lakes