यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा - See more at: http://www.onlinekhabar.com/2015/10/336911/#sthash.pNH12gC1.dpuf


Car
यसअघि सबैभन्दा अग्लो तिनपांग्रे साइकल बनाएर विश्वरेकर्ड कायम गरिसकेका एक भारतीय अटो डिजाइनरले विश्वकै सबैभन्दा अग्लो तथा लामो कार निर्माण गरेका छन् । हैदरावादका सुधाकर यादव नामका पुरुषले दुनियाकै लामो तथा ठूलो कार बनाएर दोश्रोपटक गिनिज बुकमा नाम लेखाउने प्रयास गरेका हुन् ।
चलाउन भने नसकिने यो कार २६ फिट अग्लो र ५० फिट लामो छ । लण्डनको डबल डेकर बसभन्दा झण्डै दुइगुणा ठूलो यो कार सन् १९२२ को फोर्ड टुअर कारको मोडलमा डिजाइन गरिएको छ ।
Advertising that works - yX Media
सुधारकरको हैदरावादमा एक कार संग्राहलय पनि छ, जहाँ उनले बनाएका कारका विभिन्न नमूनाहरु राखिएको छ ।
त्यहाँ रहेका कतिपय कारका मोडलहरु निकै हाँस्यास्पद पनि छन्, जस्तै ट्वाइलेट कमोट, ब्यागन, बिलियार्ड टेबल तथा लिपिस्टिक आदि मोडलका ।
सुधारकरले एएफपीसँग भनेका छन् : मैले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ज गराउनका लागि दुनियाको सबैभन्दा ठूलो कार बनाइरहेको छु । यो एक नयाँ रेडर्क हुनेछ । मलाई आशा छ की मैले यो सफलता हासिल गर्नेछु ।
आफ्नो त्यो किर्तिमानी कारले फर्मुला वान कारको जस्तै आवाज निकाल्न सक्ने दाबी उनको छ । यो कार पनि उनले संग्राहलयमा रहेका अन्य कारहरुसँगै कवाडी सामानबाट बनाएका हुन् ।
स्मरण रहोस् उनले बनाएको दुनियाकै अग्लो तिनपांग्रे साइकल यो कारभन्दा पनि अग्लो अर्थात् ४१.५ फिट अग्लो छ ।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.