राशिफल

श्रावण २९, २०७२   मेष  घरायसी कार्यमा व्यस्त रहनुपर्ला । व्यवहारिक कुरालाई लिएर दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनसक्छ । साथीभाइ एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । छोराछोरीसित वैचारिक मतभेद हुनसक्छ । आर्थिक पक्ष सुदृढ भए पनि लेनदेनको काम गर्दा सजग रहनुहोला । नवीन कार्य गर्ने मौका मिल्नेछ । जिम्मेवारीपूर्ण काम सम्हाल्दा विशेष सावधानी अपनाउनु होला ।  वृष  उत्साह बढ्नुका साथै शरीर पनि स्फुर्त रहनेछ । काममा सफलता मिल्दै जानेछ । प्रतिस्पर्धीहरू आफै पन्छिनेछन् । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । भ्रमण गर्ने मौका मिल्नसक्छ । आर्थिक पक्ष सबल देखिन्छ । इच्छानुसार कार्य सम्पन्न हुँदा प्रसन्नता वृद्धि हुनेछ । चोटपटक लाग्नसक्ने भएकाले हिँडडुल गर्दा वा भान्साको काम गर्दा सतर्क रहनुहोला ।  मिथुन  पारिवारिक सुख मिल्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ । मान–सम्मान पनि पाइएला । कुनै–कुनै कार्य परिवारका सदस्यहरूको इच्छालाई मध्यनजर गरेर गर्नुपर्नेछ । मालसामान हराउने सम्भावना छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा ध्यान पुर्‍याउनुहोला । काममा जाँगर लाग्नेछैन । सोचेअनुरूपको सफलता प्राप्त गर्न निकै खट्नुपर्नेछ । मन चिन्तित रहला ।  कर्कट  कामको चटारो पर्नेछ । स–साना कुरामा पनि आफै खट्नुपर्नेछ । सहयोगी हातहरू पनि पछि हट्नसक्छन् । कसैबाट सहयोगको अपेक्षा नगर्नु नै उपयुक्त  हुन्छ । श्रीमान्बाट भने अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पारिवारिक खुसीका लागि काम गर्ने मौका मिल्नेछ । व्यवसायिक क्षेत्रमा उतारचढाव देखा पर्न सक्छ । लेनदेनको काम गर्दा सजग रहनुहोला । रक्तचापका रोगीहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ ।  सिंह  व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि मायाप्रीति भने कायमै रहनेछ । अनावश्यक झमेलाबाट टाढै रही बोली एवं व्यवहारमा सतर्कता अपनाउन सके सम्भावित विवादबाट जोगिन सकिन्छ । लेनदेनको काम गर्दा सजग रहनुहोला ।  कन्या  परिवार एवं साथीभाइसित रमाइलो जमघट हुनसक्छ । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम गर्नुपर्ला । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । तपाईंको कामबाट सबै प्रसन्न हुनेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ । यात्राको सम्भावना पनि छ । कुनै विशेष कार्यमा सफलता मिल्नसक्छ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ ।   तुला सन्तोषजनक महिना छ । पारिवारिक सुख एवं समृद्धिमा वृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । विभिन्न कुराको लाभ हुनुका साथै प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । सबै कार्य सोचेअनुरूप सम्पन्न हुँदै जानेछन् । मन मनोरञ्जक कार्यतर्फ अग्रसर रहनेछ । व्यक्तिगत कार्यमा पनि सफलता हात पर्नेछ । राम्रो गर्दागर्दै पनि अनपेक्षित रूपमा अपजसको सिकार हुनुपर्ला । वृश्चिक  काममा विभिन्न समस्या देखा पर्न सक्छन् । अपेक्षाअनुरूप काममा सफलता नमिल्नसक्छ । अनावश्यक खर्च तथा अनपेक्षित वादविवाद पनि हुनसक्छ । महिनाको उत्तराद्र्धमा बिस्तारै समस्याहरू समाधान हुँदै जानेछन् । आर्थिक एवं व्यवसायी क्षेत्र सुदृढ रहनेछन् । श्रीमान्बाट अपेक्षित सहयोग तथा सद्भाव मिल्नेछ । माइतीपक्षसित भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराको लाभ हुनेछ । सम्भावित स्वास्थ्य समस्याबाट जोगिन खानपिन एवं आहार–विहारमा ध्यान पुर्‍याउनुहोला ।  धनु  प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनुका साथै काममा अपेक्षित सफलता पनि मिल्नेछ । मनमा प्रसन्न हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । छोराछोरीबाट पनि सुख एवं सन्तोष प्राप्त होला । विभिन्न पक्षबाट लाभ हुनेछ । परिवारका सदस्यहरूसित समय बिताउने अवसर प्राप्त गर्न सकिनेछ । महिनाको उत्तराद्र्धमा काममा बाधा खडा हुनसक्छ ।  मकर  कुनै कामविशेषले यात्रा हुनसक्छ । पेटसम्बन्धी समस्या देखा पर्न सक्छ । परिवारका सदस्यहरूबाट  सहयोग एवं सद्भाव मिल्नेछ । महिनाको पूर्वाद्र्धमा वादविवाद हुने योग भएकाले बोल्दा वा ख्यालठट्टा गर्दा सावधानी अपनाउनु होला । अधूरा काममा सफलता हात पर्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नसक्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ ।  कुम्भ  जोस–जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । चिन्ता हट्नेछ । काममा सफलता मिल्दै जानेछ । श्रीमान्सित समझदारी कायम रहनेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर पाइनेछ । आर्थिक पक्ष सुदृढ छ । व्यवसायिक क्षेत्र पनि सफल देखिन्छ । महिनाको उत्तराद्र्धमा वादविवाद हुनसक्छ ।  मीन  महिनाको पूर्वाद्र्ध केही कष्टकर हुनसक्छ । स्वास्थ्यमा बाधा, अपजस, परिवारमा असमझदारीजस्ता समस्या आइलाग्नसक्छन् । दाम्पत्य जीवनमा पनि कलह उत्पन्न हुनसक्छ । महिनाको उत्तराद्र्ध भने अनुकूल छ । समस्याहरू समाधान हुँदै जानेछन् । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । परिवारले आफ्ना समस्या बुझ्ने छन् । दाम्पत्य सम्बन्ध सुमधुर छ । 

http://nari.ekantipur.com/news/2015-08-14/20150814122355.html

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

NASA Rover Finds Evidence That Mars Once Had Lakes