प्रशान्त तामाङ रुँदा दर्शक हाँसे

तेस्रो इण्डियन आइडल प्रशान्त तामाङ नेपालमा नायकको रुपमा स्थापित छन् । लोकगीत र फौजीको परिवेशसँग मिल्दो कथामा चलचित्र बनाउन चाहनेले प्रशान्तलाई नै मुख्य भुमिकामा रोज्ने गरेका छन् । नारायण रायमाझी निर्देशित चलचित्र ‘गोर्खापल्टन’मा मुख्य भुमिका निर्वाह गरेका प्रशान्तले उक्त चलचित्र प्रदर्शनपछि राम्रै स्यावासी पाए । लोक संगीत सँगै फौजिको कथा पनि चलचित्रमा मिसाइकाले प्रशान्त रुचाइए । निर्देशक रायमाझीको भनाई अनुसार प्रशान्तलाई चरित्र सुहाउँदो विषयमा अभिनय गराएकै कारण दर्शकले उनलाई स्वस्फुर्त स्विकारेका थिए । चलचित्र हेर्ने मध्ये धेरैले तारिफ पनि गरे । तर, एउटा कुराको भने धेरैले आलोचना गरे । उनी भन्छन्-‘प्रशान्तले रोएको सुहाएन भनेर धेरैले भने । उनी रोएका दृष्य हेर्दा कतिपय स्थानमा दर्शक हाँसे पनि ।’ पहिलो भेट काठमाडौमा भारतीय टेलिभिजन च्यानल सोनीवाट प्रशारित कार्यक्रम ‘इण्डियन आईडल’ मा नेपाली मुलका गायक सहभागी भएको जानकारी पाए लगत्तै निर्देश रायमाझी टाठो भएका थिए । कार्यक्रमको केही भाग हेरेका रायमाझीले म्युजिक डटकमले आयोजना गरेको कन्सर्टको सिलसिलामा प्रशान्तसँग भेटघाट गरे । प्रशान्त र नारायणको भेटघाट गराउने काम राजेश बंशलले गरेका थिए । प्रशान्तलाई भेट्नुअघि नै उनी चलचित्र बनाउने सोचमा थिए । स्त्रिmप्टको खाका कोर्दै गरेका नारायणले प्रशान्तलाई भेटेपछि उनलाई नै नायक बनाउने निर्णय गरे । अर्को नायक खोज्ने झन्झट गरेनन् । किनकी उनको चलचित्रको विषय पनि प्रशान्तको जीवनकथासँग केही अंश मिल्थ्यो । ‘चलचित्रको विषयबस्तु प्रशान्तको जीवनसँग मिल्ने भएकाले हामीले उनैलाई नायक बनाउने निर्णय गर्‍यौ ।’ अनलाईनखबरसँग कुरा गर्दै उनले भने । दोस्रो चलचित्र ‘परदेशी’मा पनि उनैलाई नायक लिएका नारायण प्रशान्तको वानी ब्यहोरा निकै दामी भएको दाबी गर्छन् । ‘काममा इमान्दार छन्, आफुले कस्तो गरें भनेर मुल्याङकनको अपेक्षा गर्छन् । सस्तो प्रचारको पछि कहिल्यै लाग्दैन ।’ आफु लोक गायनमा सक्रिय भएकाले चलचित्रमा लोकगीतका सन्दर्भले पनि केही स्थान पाएको धारणा राख्ने नारायण आगामी दिनमा अन्य विषयमा पनि चलचित्र बनाउने बताउँछन् ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

As tensions play out at home, powerful Pakistani general heads to US for talks