आजदेखि दसैंका खसीबोकाको बिक्री सुरु


Khasi boka (15)
२९ असोज, काठमाडौं । खाद्य संस्थानले काठमाडौंको थापाथलीस्थित अञ्चल कार्यालयबाट शुक्रबारदेखि दसैँका खसीबोका र च्यांग्रा बिक्री सुरु गर्दै छ । दसैँमा मासुबजार मूल्य नियन्त्रणका लागि संस्थानले उपत्यका बाहिबाट खसीबोका ल्याई बिक्री गर्दै आएको छ ।
बिक्रीका लागि करिब ३ सय ५० खसीबोका र सात सय च्यांग्रा राखिने संस्थान प्रवक्ता श्रीमणि खनालले जानकारी दिए । ‘बिहीबार साँझसम्म एक सय ४० खसीबोका काठमाडौं भित्रिसकेका छन् र अरू खसीबोका बाटोमा ढुवानीकै क्रममा छन्,’ खनालले भने, ‘रातिसम्म करिब ३ सय ५० खसीबोका आइपुग्ने हुँदा शुक्रबारदेखि बिक्री गर्छौं ।’ सबै खसीबोका आइनसकेकाले मूल्य निर्धारण नभएको उनले बताए ।
‘शुक्रबार बिहान सबै खसी आएपछि खरिद मूल्य, ढुवानीलगायत जोडेर मूल्य तय गर्छौं,’ उनले भने, ‘हाल बजारमा कायम मूल्यभन्दा केही सस्तो राख्नेछौँ ।’ संस्थानले हेटौँडामा एक हजार पाँच सय खसीबोका खरिद गरिसकेको उनले जानकारी दिए । च्यांग्रा पनि करिब एक हजार मुस्ताङमा खरिद गरिएको संस्थानले बताएको छ । निजी क्षेत्रले बिहीबारदेखि दसैँका खसी बिक्री सुरु गरे पनि शुक्रबारदेखि ठूलो संख्यामा बिक्री सुरु गर्ने बताएका छन् । भारतबाट र स्वदेशबाटै धमाधम खसीबोका ल्याइएको चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।
‘शुक्रबार करिब ४ हजार ५ सय खसीबोका बिक्रीका लागि राख्नेछौँ,’ उनले भने । व्यवसायीले कलंकीस्थित खसीबजारबाट बिक्री गरिरहेका छन् । बिहीबार भारतीय जिउँदो खसी प्रतिकेजी ४ सय ६५ र स्वदेशी जिउँदो खसी ४ सय ४५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको उनको भनाइ छ ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

NASA Rover Finds Evidence That Mars Once Had Lakes

The Offshore Game of Online Sports Betting