युवतीको काखमा मस्तसँग हात्ती सुतेपछि …

hatti
विचित्र घटनाहरु भैरहने यो दुनियामा असम्भव भन्ने शव्द सायद शव्दकोषबाटै लोप होला जस्तो छ । कुनै जादुगरको करामत भए त देखावटी भनेर नजरअन्दाज गर्न सकिन्थ्यो । तर साँच्चीकै एकजना युवतीको काखमा एउटा हात्तीको छावा मस्तसँग निदाएपछि हात्ती र मानिसबीच पनि भावनात्मक सम्बन्ध हुँदोरहेछ भन्ने कुरा पत्याउन करै लाग्छ ।
यो भिडियो थाइल्याण्डको हो । थाइल्याण्डको चियांगमाइस्थित चाइलाइ अर्किड नेचर रिटि्रटमा रहेको उक्त छावा एकजना युवतीको काखमा निदाइरहेको र उक्त छावालाई ती युवतीले मुसारिरहेको भिडियो अहिले यु ट्युबमा खुबै चर्चित बनिरहेको छ ।
ppp
उक्त चिडियाखानामा तिन हप्ता पहिले मात्र जन्मिएको उक्त छावालाई काखमा सुताउने युवती कुनै बाहिरी महिला होइनन् । सोही चिडियाखानामा त्यहीँ हात्तीको हेरचाह गर्ने कर्मचारी हुन् । उनको नाम एली हो । एली र उक्त छावाबीच यति छिटै यस्तो भावनात्मक सम्बन्ध बन्यो की छावा आफ्नो आमालाई छाडेर एलीको काखमा लुटुपुटु गर्ने र मस्तले निदाउने गर्छ ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

NASA Rover Finds Evidence That Mars Once Had Lakes

The Offshore Game of Online Sports Betting