केरुङ नाका आजदेखि खुल्दै

Rasuwa-Kerung २८ असोज, काठमाडौं । चीनसँगको रसुवागढी-केरुङ व्यापारिक नाका करिब ६ महिनापछि खुल्दै छ । बिहीबार बिहान ९ बजे औपचारिक कार्यक्रम गरी नाका सुचारु भएको घोषणा गरिँदैछ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरेसँगै बिहीबारबाट भन्सार नाका सुचारु हुन लागेको नयाँ पत्रिकामा खबर छ । यो नाकाबाट लत्ताकपडाबाहेक संकट परेका बेला इन्धन पनि आपूर्ति गर्न सकिनेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको नेतृत्वमा परराष्ट्र, गृह, रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालयलगायतका पदाधिकारी र चिनियाँ पक्षबीच नाका सुचारु गर्ने विषयमा बुधबार छलफल भएको थियो । छलफलमा बिहीबार बिहान नौ बजे औपचारिक कार्यक्रम गरी नाका शुभारम्भ गर्ने निर्णय भएको छ । केरुङ नाका शुभारम्भको अवसर पारेर चीनले करिब एक करोड ५० लाख रुपैयाँबराबरको सामान पनि सरकारलाई हस्तान्तरण गर्ने भएको छ । ‘चीनले सामान दिने निर्णय भए पनि कस्ता सामग्री आउने भन्ने तय भएको छैन,’ नेपाली पक्षका एक सदस्यले भने, ‘तर, भूकम्पपीडितलाई आएका राहत सामग्री हुन सक्छन् ।’

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)