गल्ती स्वीकार्दै सागर थापाले भने,‘अहिले पश्चाताप लागिरहेको छ’

राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित अन्य ४ खेलाडीले आफूहरुमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन्। अनुसन्धानका क्रममा आफूहरुमाथि लागेको आरोप उनीहरुले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीसँग भने।
खेलाडीहरू पक्राउ परेपछि गएराति नै अनुसन्धान गर्दा कप्तान सागर थापाले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरुलाई पश्चाताप भइरहेको बताएको खनालले बताए।
अनुसन्धानका क्रममा खनालले नेपाली फुटबलको लामो समयदेखि प्रगति हुन नसकेको र लाखौं खेलप्रेमीको आशा व्यक्तिगत स्वार्थका लागि निराशामा किन परिणत गरेको भन्दै प्रश्न गरेका थिए।
अनुसन्धान गर्दा सबै खेलाडीहरुले शिर निहुर्‍याएको र सागर थापाले अहिले आफूहरुलाई पश्चाताप भइरहेको बताएको खनालले बताए। ‘अधिंकाश म्याचमा कप्तान सागर थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ,’ खनालले भने, ‘विदेशमा उनीहरू बसेको होटलमा डिल भएको पाइएको छ।’
खनालले राष्ट्रियता दाउपेज गरेर मुलुकलाई हरूवा बनाउनेहरु विरुद्ध राजद्रोह र संगठित अपराधको मुद्दा चलाइने बताए। 

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)