बागमतिमा राजेशको खतरा एक्सन

अहिले सम्मकै सर्वाधिक महंगो नेपाली फिल्म ‘बागमती’को ट्रिजर सार्वजनिक गरिएको छ । ४३ सेकेन्डको सार्वजनिक ट्रिजरमा महानायक राजेश हमाललाई प्रस्तुत गरिएको छ ।
दक्षिण भारतीय निर्माण टीमले फिल्मको प्रमोसनको लागि बनाएको ट्रिजरमा महानायक राजेश हमालको फेरी नेपाली चलचित्रमा पुन कमव्यक हुने देखिन्छ ।धेरै नेपाली चलचित्र दक्षिण भारतीय जस्तो बनाउने कोसिस गरे पनि यसपाली दक्षिण भारतीय निर्माण टीमले नै सजिकै तेस्तो फिल्म निर्माण गरेको छ ।चलचित्रको सार्वजनिक ट्रिजर हेर्दा चलचित्रको छायांकन ,डायलग,एक्शन ,प्रस्तुति बिल्कुलै फरक देखिएको छ ।
Rajesh-Hamal
फिल्मलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन ।सम्पुर्ण प्राविधिक काम भारतमै गरिएको यस चलचित्र माघ महिनामा सार्वजनिक गरिने छ ।दशैं लगतै चलचित्र अमेरिका र युरोपको विभिन्न देशमा प्रदर्शन गरिदै छ । फिल्ममा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे,मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ ।चलचित्र ‘बागमती’लाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।चलचित्रका निर्माता दिनेश दर्शनधारी र विजय सत्याल हुन् ।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)