जहाजले ओसार्दा तेल सस्तो !

Nepal-Airlines२६ असोज, काठमाडौं । केही दिनदेखि हवाई जहाजमा तेल ओसारिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानी)लाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दा भन्दा भारतको कोलकाताबाट ओसार्दा इन्धन सस्तो पर्ने देखिएको छ । निगमका अनुसार आयल निगमसँग हवाई इन्धन किन्दा प्रतिकिलोलिटर करिब एक हजार तीन सय ५० डलर -एक लाख ३० हजार पाँच सय रुपैयाँ पर्छ । त्यही इन्धन कोलकातामा प्रतिकिलोलिटर चार सय ७० डलर -४० हजार सात सय रुपैयाँमा पाइन्छ । काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मीनेटमात्र छ । यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे तीन गुणा सस्तो रहेको नागरिकमा खबर छ ।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)