‘मैले चर्चामा आउनका लागि नाङ्गिन्छु भने’ : पूनम पाण्डे

2 poonam-pande बलिउडकी चर्चित मोडल तथा नायिका पूनम पाण्डेले अब आफू ग्ल्यामर र सेक्सका कुराबाट टाढा जान चाहेको बताएकी छिन् । उनले आफूले आजसम्म गरेका सबै सेक्सका कुराहरु चर्चाका लागि मात्र थिए भनेकी छिन् । उनले भनिन्-‘म पछिल्ला बयानहरुमा माफी चाहन्छु । मेरो पनि सिमा छ । भारतीय टिमले विश्वकप जितेको खण्डमा म नाङ्गो हुन्छु भन्ने जुन कुरा थियो, यो मैले सोचेर नै बताएकी थिएँ ।’ उनले यो बिषयमा आफूले पपुलर हुनका लागि चर्चा गरेको भन्दै माफी मागेकी हुन् । अब यस्तो कुनै पनि काम नगर्ने उनको भनाई छ । उनले अब आफू एक सशक्त नायिकाको रुपमा अगाडि बढ्न चाहेको भन्दै अब ग्ल्यामर यूवतीको रुपमा मात्र अगाडि नबढ्ने बताइन् । पूनमका अनुसार यस्ता खालका बयानले उनको परिवारलाई पनि लफडा सहनु परेको छ । माता र पिताबाट आफूले धेरै गाली खाएको उनको भनाई छ । उनले भनिन्-‘सेक्सी भनेर चर्चामा आउन कसलाई रहर लाग्दैन । तर, म अब सेक्सीसँगै राम्री अभिनेत्री पनि बन्न चाहन्छु ।’

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)