युरोकप छनोटबाट नेदरल्याण्ड्स् बाहिरियो







सन्  २०१६मा हुने युरोकप छनोटबाट नेदरल्याण्डस् बाहिरिएको छ। मंगलबार चेक रिपब्लिकसँग ३-२को हार व्यहोरेपछि डच टोलिको छनोट यात्रा असफल भएको हो।
समूह एबाट नेदरल्याण्डस् छनोट हुनलाई  चेक विरुद्धको जित मात्र पर्‍याप्त थिएन, टर्कीको पराजय पनि आवश्यक थियो। तर दुवै खेलको नतिजा ठीक उल्टो भयो। नेदरल्याण्ड्स आफैं पराजित भयो र टर्कीले आइसल्याण्डलाई १-०ले हरायो।
पछिल्लो समय सन् २००२ को विश्कपमा छनोट नभएको बाहेक महत्वपूर्ण फूटबल प्रतियोगितामा नेदरल्याण्डस् छनोट नभएको पहिलो पटक हो।
डच टोली  यसअघि सन् १९८४मा युरोकपमा छनोट भएको थिएन। त्यसपछि सन् १९८८मा भने उपाधी उचाल्न सफल रहेको टोलीले तीन पटक सेमिफाइनल र २ पटक क्वाटर्फाइनल पुगेको छ। तर, सन् २०१२को युरोकपमा भने समूहचरणबाट नै बाहिरिएको थियो।
समूह एमा १० खेल पछि चेक रिपब्लिक शीर्ष स्थानमा छ भने आइसल्याण्ड दोस्रो स्थानमा छ। जितसँगै टर्की तेस्रो स्थानमा उक्लिएको छ।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)