हासको छ्वेला

नारी संवाददाता आश्विन २७, २०७२ हासको छ्वेला आवश्यक सामग्री :  हासको ब्रेस्ट पार्ट आधा केजी, नेपाली मसला – जिराको धूलो ५० ग्राम, धनियाको गेडा २० ग्राम, सुकेको खुर्सानी ४,५ वटा, सुकेको लसुन, अदुवा, तोरीको तेल, बेसारको धूलो सबै मिक्स गरेर पेष्ट बनाउने ), कागती १ वटा, लसुन स्लाइस, अदुवा स्लाइस, टिम्मूर, नून स्वाद अनुशार । बनाउने विधी :  हाँसको सेलेक्टेड ब्रेस्टलाई नेपाली मसलामा दलेर ३,४ घण्टा कूलरमा छाड्ने । त्यसलाई चूल्हो, तावा, ग्रीलर, तन्दुरमा राम्रोसंग पाक्ने गरि पोल्ने । १५,२० मिनेट त्यतिकै छाड्ने । पाके पछि मासुलाई स्लाइस काट्ने र त्यसमा लसुनको स्लाइस, अदुसिा, तोरीको तेल, स्वाद अनुशार टिम्मूरको धूलो, नून र कागतीको रस निचोरे मोल्ने । तयार भएको छ्वेलामा टिम्मूरको धूलो छरेर, गोलभेडाको अचारसंग खान सकिन्छ ।<a href="http://yllix.com/advertisers/459186" target="_blank"><img src="http://yllix.com/banners/aff/adv/300x250.jpg" border="0" /></a>

http://nari.ekantipur.com/news/2015-10-14/20151014152121.html

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)