मेहन्दी

भाद्र २९, २०७२ विशेषता : मेहन्दीे आर्टका लागि लोकप्रिय  विगत आठ वर्षदेखि सञ्चालनमा आएको मुम्बई मेहन्दी सेन्टर अहिले नेपालमै मेहन्दी तथा नेल आर्टका लागि लोकप्रिय मानिन्छ । फुटपाथबाट सुरु भएको कामलाई आर्टिस्ट कुलदीप कुमारले आज आफूलाई नेपालकै उत्कृष्ट व्यवसायीका रूपमा स्थापित गरिसकेका छन् । मेहनत र निरन्तरताले मानिसलाई सफल बनाउँछ भन्ने राम्रो उदाहरण पनि हुन्–आर्टिस्ट कुलदीप कुमार । <a href="http://yllix.com/advertisers/459186" target="_blank"><img src="http://yllix.com/banners/aff/adv/300x250.jpg" border="0" /></a>उनले फुटपाथमा काम गर्दा मानिसहरू उनको कलामा आकर्षित भए । उनी काठमाडौंका विभिन्न गल्लीमा मेहन्दी लगाउँदै हिँड्थे । जहाँ मेहन्दी लगाउन बस्थे त्यहाँ मेला नै लाग्थ्यो । आज उनी आकर्षक तथा शान्त वातावरणमा बसेर धेरैको हातको शोभा बढाउने काम गरिरहेका छन् । मेहन्दीलाई धार्मिक कार्यसँग जोडिनुका साथै गहनाका रूपमा पनि लिइन्छ । वर्षभरि नै उनको सेन्टरमा मेहन्दी लगाउने तथा सिक्ने मानिसको भीड लागिरहन्छ । साउन महिनामा मेहन्दी लगाउन आउनेको भीड हुन्छ । त्यसैले साउन महिनामा उनलाई फुर्सदै हुँदैन । उनी उपत्यकाबाहिरका मुख्य सहरमा पनि तालिमका लागि गैरहन्छन् । सामान्यत: नेपालमा ब्राइडल, गोल्डेन, अरेबिक, रिसव, मेटालिक आदि मेहन्दीका डिजाइन प्रचलित छन् । यहाँ अमेरिका तथा युरोप जानेहरूका लागि १५ दिने स्पेशल ब्रायडल मेहन्दी कोर्सका साथमा फ्रि नेल आर्ट कोर्स गरिने व्यवस्था पनि छ ।

http://nari.ekantipur.com/news/2015-09-15/20150915154027.html

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)