प्याजको मूल्यमा भारी गिरावट


नेपालीहरुको महान चाड दसैंको आगमन सँगै प्याजको मूल्यमा भारी गिरावट आएको छ। प्याजको मूल्यमा आएको गिरावटले उपभोक्तालाई पनि केही सहज हुने भएको छ।
 
उपत्यकाको सबैभन्दा ठूलो कालीमाटी तथा फलफूल तरकारी बजारमा विगत केही दिनअघिसम्म बढीरहेको प्याजको मूल्यमा आज बुधबार  भारी गिरावट आएको छ।
 
बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य आज बुधबाप्रतिकिलो सरदर १ सय रुपैयाँमा झरेको छ। यस अघि हिजोसम्म बजारमा सरदर प्रतिकिलो १ सय २५ रुपैयाँमा कारोबार भइरहेको प्याजको मुल्य आज बुधबार २५ रुपैयाँ भन्दा बढीले गिरावट आएको छ।
 
भारतले गरेको नाका बन्दी खुकुलो भएलगतै आयातमा सहज हुँदा प्याजको मूल्यमा गिरावट आएको तरकारी बजार व्यवस्थापक प्रमुख रमेश डंगोलले बताए।
 
अब आयातमा सहज हुँदै जाने हो भने प्याजको मूल्य निरन्तर घट्दै जानै उनले जानकारी दिए। होलसेल बजारमा मूल्य घटेपनि बाहिर खुद्रा व्यापारीले भने मूल्यमा कुनै परिवर्तन गरेका छैनन्।
 
बाहिर खुद्रा बजारमा भने प्रतिकेजी १ सय २५ देखि १ सय ३५ रुपैयाँसम्म व्यापारीहरुले बेचिरहेका छन्। गत वर्षको सो समयको भन्दा यो मूल्य सय प्रतिशतले बढी हो।
 
सामान्यतः नेपालमा प्याजको उत्पादन न्यून हुने र बजारमा माग बढ्ने भएकाले यो समयमा ९९ सय प्रतिशत प्याज भारतबाट नै आयात गर्नुपर्ने हुँदा पनि प्याजको मूल्य बढेकोे बताए।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)