थ्रीस्टार राष्ट्रिय लिगको उपाधि नजिक

Three-Star२६ असोज, काठमाडौं । विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै थ्रीस्टार  राष्ट्रिय लिग फुटबलको उपाधि नजिक पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा थ्रीस्टारले एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै थ्रीस्टारको १५ खेलबाट ३२ अङ्क भएको छ र उपाधिको दाबेदारीलाई बलियो बनाएको छ ।
समान १५ खेल खेलेको आर्मी ३० अङ्कका साथ दोस्रो स्थानमा छ भने १४ खेल खेलको मनाङ मस्र्याङ्दी क्लब २८ अंकसहित तेस्रो स्थानमा छ । अब लिगको अन्तिम खेलमा मनाङलार्इ हराउन सके थ्रीस्टार च्याम्पियन बन्नेछ ।
थ्रीस्टारको जितमा विदेशी खेलाडी ओलावाले अफिजलेले दुई गोल गरे भने विजय गुरुङले एक गोल थपे । अफिजले खेल सुरुवाती पाँचौ मिनेटमा पहिलो गोल गर्दै खाता खोले ।
त्यस्तै खेलको पहिलो हाफको २४ औँ मिनेटमा पुन अफिजले निराजन खड्काले दिएको पासलाई सदुपयोग गर्दै थ्रीस्टारलाई दोस्रो अग्रता दिलाए ।
थ्रीस्टारले खेलको दोस्रो हाफमा एक गोल थप्यो । थ्रीस्टारका लागि खेलको ६७ औँ मिनेटमा विजय गुरूङले एक गोल थपेका थिए ।
त्यसअघि ५० औँ मिनेटमा एपिएफका खेलाडी गणेश लावतीले गोल गरेका थिए ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल प्रहरी क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

The Offshore Game of Online Sports Betting

NASA Rover Finds Evidence That Mars Once Had Lakes