यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

ते १०:१९ मा प्रकाशित
Snakeभलै झ्वाट्ट सुन्दा यो अजीब लाग्नसक्छ तर दुनियामा एउटा यस्तो ठाउँ पनि छ जहाँ सर्पहरुको बैठक बस्दछ । सर्पहरुको त्यो अनौठो भेलामा विभिन्न प्रकारका हजारौँ सर्पहरु जम्मा हुन्छन् ।
सर्पहरुको बैठकस्थलको रुपमा रहेको उक्त ठाउँ हो क्यानडाको मान्टिटोबा स्थित नार्सिस स्नेक डेन्स । त्यो ठाउँमा सर्पहरुको डरलाग्दो बिस्कुन देख्न सकिन्छ । धेरै सर्पहरु एक आपसमा गुजुल्टिएका हुन्छन् ।
सर्पहरुको बैठक वर्षैभर चल्दैन । अपि्रलको अन्तिम तथा मे को सुरुवाती हप्तामा यो बैठक चल्दछ । त्यहाँ जम्मा हुने मध्ये गार्टर प्रजातिका सर्पहरुको संख्या बढि हुनछ ।
नार्सिस इलाकामा किन त्यति धेरै सर्पहरु भेला हुन्छन् भन्ने कुराको रहस्य अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । तर वैज्ञानिकहरुले भने तापक्रम बढेसँगै भाले सर्पहरुको सरीरमा हर्मोन उत्पादन हुने र सोही हर्मोनका कारण यौनक्रियाका लागि सबै भालेहरु एकैपटक सक्रिय हुँदा सर्पहरुको त्यो भिमकाय भेलाको दृश्य देखिने बताएका छन् । यौनक्रिडाका लागि आतुर दर्जनौँ भाले सर्पहरु एउटै पोथी सर्पमाथि गुँडुल्किएर बेरिएको देख्न सकिन्छ। 
https://www.youtube.com/watch?time_continue=18&v=xSO4ooNN_MY

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.