सेनाको मुख्यालय क्षेत्रमा ड्रोन क्यामेरा उडाउने दुई चिनियाँ पक्राउ

२८ असोज, काठमाडौं । नेपाली सेनाको मुख्यालय क्षेत्रमा ड्रोन क्यामरा उडाएको आरोपमा चिनियाँ टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन(सिसिटिभी)का दुर्इ पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सिसिटिभीमा कार्यरत क्यामराम्यान र निर्देशकलाई विना अनुमती संवेदनशील क्षेत्रमा ड्रोन क्यामरामार्फत दृष्य खिचेको आरोपमा दाइ ल्याङ र लिडोङ वेनलाई नियन्त्रणमा लिएको हो । भूकम्पमा स्वदेशी–विदेशी सञ्चारमाध्यमले आफूखुसी ड्रोन क्यामरामार्फत् दृष्य खिचेपछि सूचना तथा सञ्चार मन्त्रालयले संवेदनशील क्षेत्रमा ड्रोन क्यामरा उडाउन प्रतिबन्ध लगाउँदै अन्य क्षेत्रमा समेत पूर्व अनुमती लिएर मात्रै ड्रोन क्यामराबाट दृष्य खिच्न पाउने निर्देशन जारी गरेको नागरिकमा खबर छ । ‘ड्रोन क्यामरा उडाएर दृष्य लिएको देखिएपछि दुबैजनालाई क्यामरासहित नियन्त्रणमा लिएका थियौं,’ सिंहदरबार बृत्तका डिएसपी प्रजित केसीले भने ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ बुधबार दिउँसो २ बजे भद्रकाली क्षेत्रमा ड्रोन क्यामरा उडाएर दृष्य खिचिरहेको सूचना आएपछि महानगरीय प्रहरी बृत्त सिंहदरवारको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो । ड्रोन क्यामराले खिचेको दृष्य हेर्दा उनीहरुले भद्रकालीमा रहेको सेनाको पेट्रोलपम्पमा इन्धनका लागि लाइनमा रहेको सवारी, सवारी चालकहरुको विरोधका दृष्यसँगै सैनिक मुख्यालयको दृष्यसमेत देखिएपछि प्रहरीले ड्रोन क्यामरा जफत गरेको थियो । चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाए लगत्तै नेपालस्थित चिनियाँ दूतावासका अधिकारी प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले उनीहरुको साथमा रहेको ड्रोन नियन्त्रणमा लिएर दुबैजनालाई दुतावासको अधिकारीको जिम्मा लगाएर पठाएको छ ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

The Offshore Game of Online Sports Betting

NASA Rover Finds Evidence That Mars Once Had Lakes