कोइरालालाई भोट हालेपछि मधेसी मोर्चामा विवाद सद्भावनाका नेता भन्छन्- गाईकै मासु खाए बराबरको पाप लाग्यो


Madhesi-Morcha
  • फाइल फोटो
२५ असोज, काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा भाग लिएको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ ।
आफैंले अस्वीकार गरेको संविधान अनुसार भएको प्रधानमन्त्रीको चुनावमा भाग लिनु मधेस आन्दोलनलाई धोका भएको भन्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले सोमबार  दिउँसो बोलाइएको मधेसी मोर्चाको बैठक बहिस्कार गरेको छ ।
मधेसी मोर्चाको बैठक तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बोलाइएको थियो । ‘गाईकै मासु खाए बराबरको पाप लाग्यो । यो मधेस आन्दोलनलाई धोका हो’ सद्भावना पार्टीका महासचिव मनिष सुमनले अनलाइनखबरसँग भने ।
आफूहरुले जानेर नै मधेसी मोर्चाको बैठकमा नगएको भन्दै उनले मंगलबारको बैठक पनि बहिस्कार गर्ने बताए । सुमनले भने-‘मोर्चाले गर्ने कुनै पनि निर्णय मान्छौं । तर, बैठकमा जाँदैनौं ।’
मधेसी मोर्चाले आइतबारको चुनावमा कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेका थिए । सभासदबाट राजीनामा दिएका सद्भावनाका पाँच सभासदले पनि मोर्चाको निर्णय अनुसार कोइरालालाई भोट हालेका थिए ।
मोर्चाका अन्य दलहरुको दबावमा परेर आफूहरु भोट हाल्न बाध्य भएको नेताहरुले दाबी गरेका छन् ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

The Offshore Game of Online Sports Betting

NASA Rover Finds Evidence That Mars Once Had Lakes