कलर कस्मेटिक्स छनोट

आश्विन १४, २०७२ नीता संगत, सञ्चालक, एन. एस. कस्मेटिक्स, तेञ्जिङ चोक कपन (तयार) –पर्वका अवसरमा सबै रातोपिरो देखिन मन पराउँछन् । कलर कस्मेटिक्सले यो चाहना पूरा गर्छ । –चाडपर्वमा उज्याला रंगका पहिरन लगाइने भएकाले सौन्दर्य प्रसाधन पनि सोहीअनुरूप खरिद गर्नुपर्छ । –कलर कस्मेटिक्स किन्दा रंग, गुणस्तर एवं ब्रान्डमा विशेष ध्यान पुर्‍याउनुपर्छ । –खरिद गर्नुपूर्व सकेसम्म आफूले किन्न लागेको कस्मेटिक्स वा ब्रान्डका बारेमा इन्टरनेटमार्फत जानकारी लिँदा धेरै कुरा थाहा पाउन सकिन्छ । –कतिपय कलर कस्मेटिक्स हेर्दा आकर्षक देखिए पनि मिति नाघेका, गुणस्तरहीन रंग प्रयोग गरिएका हुने हुँदा विशेष सावधानी अपनाउनुपर्छ । –कतिपयलाई कलरफुल सौन्दर्य प्रसाधनले एलर्जी हुने, बिमिरा निस्कने समस्या दिन्छ । यस्तो अवस्थामा विशेषज्ञको सल्लाहअनुरूप सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ ।

http://nari.ekantipur.com/news/2015-10-01/20151001134859.html

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)