नक्कली फेसबुक आइडीले ओली हैरान

 २०७२- भावी प्रधानमन्त्रीको दौडमा रहेका एमाले अध्यक्ष केपी ओली 'नक्कली फेसबुक  आइडी'का कारण हैरान भएका छन् । ओलीका नाममा विभिन्न आइडी बनाएर उनले बोल्ने जस्तै भाषा र उनका गतिविधिहरु पोष्ट हुने गरेका छन् । ओलीको सचिवालयका अनुसार अहिले सम्म  ओलीको आधिकारिक फेसबुक आइडी छैन । 'उहाँले फेसबुक चलाउनु हुन्न, फेसबुकमा जती पनि उहाँको नामको आइडीबाट पोस्ट हुने गरेको छ त्यो सबै नक्कली हो' ओलीको स्वकिय सचिव इन्द्र भण्डारीले भने,'यस्ता पोस्टलाई आधिकारिक नमान्न आग्रह छ ।'  ओलीको नामका  नक्कली आइडी धेरै भएपछि सचिवालयले प्रहरी मार्फत् सबै बन्द गरेको थियो । तर अहिले फेरी आइडीहरु फेरी खुलेका छन् । यस्ता आइडी पनि बन्द गराइदिन ओलीको सचिवालयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)