कक्षा १२ को परीक्षाफल प्रकाशित एक विषयमा अनुत्तीर्णको मौका परीक्षा कात्तिक २१ गते



२० असोज, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित गरेको छ । गत गत जेठ-असारमा सञ्चालित परीक्षाको बुधबार प्रकाशित नतिजाअनुसार अघिल्लो बर्षको तुलनामा धेरै विद्यार्थीहरु पास भएका छन् ।
HSEB-Nepalगत बर्षको तुलनामा यसपटक नियमित तर्फ १ प्रतिशत धेरै विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यसपटक नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । तिमध्ये ६४ हजार ५ सय ६७ जना उत्तीर्ण भएका छन् ।
गत बर्ष नियमित तर्फ ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यसपटक ४० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए ।
नियमिततर्फ १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ भने २ जनाको स्थगित गरिएको छ ।
यस्तै आंशिक तर्फ १ लाख २९ हजार ८ विद्यार्थीहरुमध्ये ४१ हजार ९ सय २६ जना उत्तीर्ण भएका छन् । गत बर्ष आंशिकतर्फ ३० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएकोमा यसपटक ३२ दशमवल ४९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए ।
१२ कक्षामा अनुत्तीर्ण भएका विद्यार्थीका लागि आउँदो कात्तिक २१ गते शनिबार मौका परीक्षा हुनेछ । ११ कक्षा पास गरिसकेका र १२ कक्षामा एक विषयमा अनुत्तीर्ण भएकाहरु मौका परीक्षामा सहभागी हुन पाउनेछन् ।
उच्च माद्यमिक शिक्षा परिषदले विज्ञान संकायको नतिजा भने गत भदौ ११ गते नै प्रकाशित गरिसकेको थियो ।
- See more at: http://www.onlinekhabar.com/2015/10/336074/#sthash.k4B8HhO0.dpuf

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

The Offshore Game of Online Sports Betting

NASA Rover Finds Evidence That Mars Once Had Lakes