कृपासुरले निम्त्याए पशुपतिनाथमा विवाद


pashupati-2२६ असोज, काठमाडौं । निवर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री कृपासुर शेर्पाले जाँदाजाँदै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनलाई एकाएक हटाए । उनले आफ्नो पार्टी निकट सरेश नेपाललाई नियुक्त गरे ।
शेर्पाको यो निर्णय अहिले विवादमा परेको छ । पशुपतिनाथ मन्दिरको संस्कृतिमा विधावारिधि टण्डनलाई हटाइएको प्रक्रिया र घटना अहिले विवादमा आएको नागरिक दैनिकमा खबर छ ।
जानकार भन्छन्-‘सिन्धुपाल्चोक केन्द्रित राजनीतिमा संलग्न एमालेका कार्यकर्तालाई उनले एकाएक नियुक्त गरेका छन् । मन्त्रीले जाँदाजाँदै विवादित निर्णय गरे ।’
कोष सञ्चालक परिषदका अध्यक्ष रहेका मन्त्री कृपासुरसँग बिदा स्वीकृत गराएर १५ गते एक साताका लागि व्यक्तिगत रुपमा हङकङ भ्रमण गरेर फर्केका टण्डनलाई आउनेबित्तिकै अवकाश पत्र थमाइयो । २४ गते कार्यालय आउने गरी हङकङ पुगेका उनले आफ्नो अवकाश ‘कानुनविपरीत’ भएको भन्दै कानुनी उपचार खोज्ने जानकारी दिए ।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

The Offshore Game of Online Sports Betting

NASA Rover Finds Evidence That Mars Once Had Lakes