जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्


Nell
उनले आफनो बायाँ हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बायाँ हातका औँलाहरुमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थात् ३५८.१ इन्च पुगिसकेको छ । उनको बुढिऔँलाको नङ मात्रै ६.५ फिट लामो छ । भारतको महाराष्ट्रका चिलालले सन् २०१४ को नोभेम्बरमा गिनिज बुकमा नाम लेखाएका थिए ।
एउटै हातमा सबैभन्दा लामो नङ भएका मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएका ७७ वर्षका चिलालले आफु विद्यार्थी हुँदा नङ पाल्ने आफ्ना शिक्षकबाट प्रभावित भएर नङ पाल्न थालेका थिए ।
उनका एकजना शिक्षकको निक लामो नङ रहेछ त्यो बेला । जब चिलाल र उनका साथीहरुले शिक्षकको नङ भाँचिदिए तब शिक्षक रिसले आगो भएर नराम्रोसँग उनीहरुलाई गोँदे । त्यसपछि उनले उक्त शिक्षकले भन्दा लामो नङ बनाएर देखाइदिने प्रण गर्दै नङ पाल्न थाले ।
६३ वर्षमा उनका बायाँ हातका नङ निकै लामा भैसकेका छन् तर नङ निकै कमजोर छन् र सजिलै टुक्रिने डर छ । त्यसैले सुत्ने बेलामा निकै होस पूराउनुपर्ने हुन्छ र दिउसोमा पनि अरु काम गर्न निकै गाह्रो हुन्छ । लामो नङकै कारण हिँडडुल गर्न पनि कठीन छ र आधा घण्टा हिँडेपछि उनी फतक्कै गल्दछन्
- See more at: http://www.onlinekhabar.com/2015/10/335017/#sthash.wLNGWAVL.dpuf

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

The Offshore Game of Online Sports Betting

NASA Rover Finds Evidence That Mars Once Had Lakes