पक्राउ परेका खेलाडीविरुद्ध देशद्रोह र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिने


खेलमा मिलेमतो (म्याच फिक्सिङ)को आरोपमा पक्राउ परेको नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा लगायतका ५ जनालाई प्रहरीले  अदालतमा देश द्रोह र संगठित अपराधसम्बन्धी मुद्धा चलाउने भएको छ।
 
उनीहरु विरुद्ध अदालतमा मुद्धा दर्ता गराइने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। ‘राज्यविरुद्धको अपराध भएकाले हदैसम्मको जरिवाना र कारबाही माग गर्दै मुद्धा दर्ता गर्दैछौं,‘ खनालले भने।
 
विभिन्न अन्तर्राष्ट्रिय खेलमा 'म्याच फिक्सिङ' गरेको अारोपमा थापासहित अन्जन केसी, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राईलाई प्रहरीले बुधबार साँझ राजधानीबाट पक्राउ गरेको थियो। बंगलादेश र अफगानिस्तानको खेलमा उनीहरुले मिलेमतो गरेको बताइएको छ। जारी राष्ट्रिय लिगमा पनि उनीहरु संलग्न भएको प्रहरीले जनाएको छ। 

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)